Today’s Hours:
9:00 AM - 5:00 PM
View All »
Today’s Hours: 9:00 AM - 5:00 PM

स्वागतम्!

वेस्टफिल्ड एथेनियममा स्वागत छ!

हाम्रो लक्ष्य भनेको वेस्टफिल्डको विविधतापूर्व समुदायलाई शैक्षिक, सांस्कृतिक, मनोरञ्जनात्मक तथा जानकारीमूलक संसाधनहरू तथा कार्यक्रमहरू प्रदान गरेर समृद्ध बनाउनु रहेको छ।

तपाईँलाई हाम्रा पुस्तकहरू, इलेक्ट्रोनिक संसाधननहरू, ऐतिहासिक सङ्कलनहरू र अझ धेरैमा पहुँच राख्नका लागि मद्दत गर्न हाम्रा स्टाफ छन्। हामी सम्पूर्ण उमेर समूहका लागि सम्पूर्ण किसिमका कार्यक्रमहरू पनि प्रदान गर्दछौँ।

हाम्रा भौतिक र इलेक्ट्रोनिक सङ्कलनहरू प्रयोग गर्नका लागि निशुल्क वेस्टफिल्ड एथेनियमको पुस्तकालय कार्ड प्राप्त गर्न तपाईँलाई स्वागत छ। पुस्तकालय कार्ड प्राप्त गर्नका लागि, हामीले वर्तमान ठेगाना भएको फोटो परिचय पत्र वा एउटा परिचय पत्र सहित आफ्नो वर्तमान ठेगानामा आएको कुनै हुलाक पठाउनु पर्नेछ। हामी सिडब्लु/एमएआरएस पुस्तकालय सञ्जालका सदस्य हौँ, र हामी हाम्रो कन्सोर्टियमका कुनै पनि पुस्तकालयका कार्डहरू पनि स्वीकृत गर्छौँ। पुस्तकालय कार्ड कसरी प्राप्त गर्ने भन्ने बारे बढी जानकारी पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस्। कोभिड-१९ महामारीका बेला पुस्तकालय कार्ड अनलाइन प्राप्त गर्नका लागि यहाँ क्लिक गर्नुहोस्।

हाम्रा सेवाहरूमा निम्न सामेल छन्:

अभिलेखहरू तथा स्थानीय इतिहास

हामीसँग वेस्टफिल्ड इतिहास र वंशावलीमा रुचि राख्नेहरूका लागि स्थानीय इतिहास र अभिलेखीय सङ्कलनहरू रहेका छन्। बढी जान्न तथा आफ्नो अनुसन्धान सुरु गर्नका लागि हाम्रो स्थानीय इतिहास पृष्ठ (लोकल हिस्ट्री पेज) वा अभिलेखालय पृष्ठ (आरचाइभ्स पेज) हेर्नुहोस्।

कुनै लाइब्रेरियनलाई सोध्नुहोस्

कुनै राम्रो किताबका लागि अनुसन्धान वा सिफारिसका बारेमा मद्दत चाहिन्छ? अनलाइन संसाधन कसरी प्रयोग गर्ने वा कुनै इपुस्तक आफ्नो ट्याब्लेटमा कसरी डाउनलोड गर्ने बारे निस्चित हुनुहुन्न? मद्दतका लागि लाइब्रेरियनलाई सोध्नुहोस्!

सङ्कलनहरू

आफ्नो पुस्तकालय कार्डबाट तपाईँले पुस्तकहरू, ठूला छापा पुस्तकहरू, पत्रिकाहरू, डिभिडिहरू, सङ्गीत सिडिहरू, श्रव्यपुस्तकहरू, सङ्ग्रहालय पासहरू, पजल र खेलौनाहरू र अन्य धेरै लिन सक्नुहुन्छ। तपाईँले डिजिटल पुस्तकहरू, श्रव्य पुस्तकहरू, र पत्रिकाहरू पनि आफ्नो कम्प्युटर, ट्याबलेट, वा स्मार्टफोनमा डाउनलोड गर्न सक्नुहुन्छ। यदि तपाईँले खोजेको कुनै सामग्री हाम्रो स्वामीत्वमा छैन भने, हामी मासाचुसेट्स र सोभन्दा पर्तिरका अन्य पुस्तकालयहरूबाट लिने प्रयास गर्न सक्छौं। यदि तपाईँसँग पुस्तकालयको सामग्री अनुरोध गर्ने, लिने वा डाउनलोड गर्ने विषयमा प्रश्नहरू भए, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

कार्यक्रमहरू

एथेनियमले सम्पूर्ण उमेर समूहका लागि विभिन्न किसिमका कार्यक्रमहरू प्रदान गर्दछ। बढी जानकारीका लागि हाम्रो कार्यक्रम क्यालेन्डर हेर्नुहोस् वा हाल चलिरहेका कार्यक्रमहरूका बारेमा जानकारीका लागि हाम्रो पुस्तक क्लबहरू वा कक्षाहरू पृष्ट हेर्नुहोस्।

घरतर्फको डेलिभरि

एथेनियमले वेस्टफिल्ड वासिन्दाहरू रहेका गृह प्याट्रनहरूका लागि पुस्तकालय सामग्रीको निःशुल्क डेलिभरि प्रदान गर्दछ। बढी जान्नका लागि, हाम्रो घरतर्फको डेनिभरि पृष्ठ हेर्नुहोस्।

बच्चाहरू तथा किशोरकिशोरीहरू

हामीसँग बच्चाहरू तथा किशोरकिशोरीहरू दुवैका लागि स्थान एवम् सङ्कलनहरूका साथसाथै विभिन्न किसिमका रमाइला र शैक्षिक कार्यक्रमहरू रहेका छन्। बच्चाहरूका लागि हामी प्रदान गर्ने सामग्री बारे बढी जान्नका लागि बच्चाहरूको पुस्तकालय वा एथेनियममा किशोरकिशोरीहरूका लागि सामग्रीहरूका लागि किशोरकिशोरी पुस्तकालय हेर्नुहोस्।

सङ्ग्रहालय र प्रदर्शनीहरू

हामी दुई सङ्ग्रहालयहरू, तथा एथेनियमभरि विभिन्न किसिमका ससाना प्रदर्शनीहरू आयोजना गर्नमा गर्व गर्दछौँ। ज्यास्पर ऱ्यान्ड कला सङ्ग्रहालयले प्रमुख तलामा घुम्ने किसिमको कला सङ्ग्रह प्रदर्शित गर्दछ, जबकि एडविन स्मिथ ऐतिहासिक सङ्ग्रहालयले वेस्टफिल्डको इतिहासबाट शिल्पकृतिहरू प्रदर्शित गर्दछ। प्रदर्शनमा अन्य केके सामग्री छन् हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्।

तपाईँले वेस्टफिल्ड एथेनियम प्रयोग गर्दा रमाउनु भयो भन्ने आशा गर्दछौँ। यति तपाईँसँग कुनै प्रश्नहरू भए हामीलाई reference@westath.org मा सम्पर्क गर्नुहोस्। 

Pin It on Pinterest